बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

लम्कीचुहा नगरपालिकालाई कांग्रेसको सुझाव

१७-जेठ-२०७७ | ०६:२८:०८ am

लम्कीचुहा-लम्कीचुहा नगरपालिका भित्र सञ्चालित बिभिन्न क्वारेन्टाईनको अवस्थाबारे बुझन् नेपाली कांग्रेसले आज दोस्रो दिन पनी अनुगमन गरेको छ ।

नेपाली कांग्रेस नगर सभापति रामबहादुर विष्टको संयोजगत्वमा नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, महासमिति सदस्य टेक नाम्जाली मगर, नेपाली कांग्रेस जिल्ला सल्लाहाकार सदस्य खडानन्द सापकोटा, टेकराज कठायत, नेपाली कांग्रेसका क्रियाशिल सदस्य पुर्णप्रसाद जैशी, नेपाल शिक्षक संघ लम्कीचुहा नगर सभापति रामबहादुर विष्ट, नेपाल प्रेस युनियन लम्की शाखा, कैलालीका अध्यक्ष देवानन्द न्यौपानेल अनुगमनको क्रममा बिभिन्न क्वारेन्टाईनमा बसिरहेका स्थानियको स्वास्थ्य, आवास र खानपानको ब्यावस्था बारे जानकारी लिएका थिए ।

अनुगमनको क्रममा कुनै ठाउँमा खानेपानी, सौचालय, बस्ने कोठामा पंखा नभएको, एउटै कोठामा धेरै मानिसलाई राखिएको, नियमित स्वास्थ्य जाँच नगरीएको पाइएको अनुगमन सदस्य तथा पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशीले जनकारी दिनुभयो ।

यस्तै क्वारेन्टाईनमा रहेकालाई मास्क, साबुन र सेनिटाईजरको अभाव रहेको पाइएको छ । भने खाना र नास्तामा समेत समस्या देखिएको पाइएको छ ।

स्थानिय सरकार, लम्कीचुहा स्वास्थ्य शाखा र क्वारेन्टाईन ब्यवस्थापन समितिलाई तत्काल समस्या समाधानको लागि नेपाली कांग्रेस नगर समितिले अनुरोध समेत गरेको छ ।

अनुगमनको क्रममा समाजसेवि तथा नेपाली कांग्रेस जिल्ला सल्लाहाकार सदस्य खडानन्द सापकोटाको आर्थिक सहयोगमा रहेका स्थानियको लागि खाजा स्वरुप विष्कुट समेत वितरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: