बुधबार, बैशाख ०८, २०७८ | Wednesday, April 21, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, बैशाख ०८, २०७८ Wednesday, April 21, 2021
Welcome news

पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारू

१७-जेठ-२०७७ | ०७:२५:१४ am

पाकिस्तानका संचारमाध्यमहरूका अनुसार पाकिस्तानले शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गरेकाे छ । शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको हाे ।

आज शनिबारबाट पाकिस्तानका नियमित उडान सुरूहुने भएका छन्।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको बताएकाे छ ।

पाकिस्तान यस अगाडिनै घरेलु उडानलाई भने विभिन्न चरणमा सुरू गरिसकेको छ ।

अन्तराष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने बताइएकाे छ।

जसमा विमानलाई उडानपूर्व किटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन्।

पाकिस्तानले अन्तराष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: