सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

संविधान संशोधन पास हुनेमा द्विविधा

जनता समाजवादी पार्टीले आफ्नो छुट्टै संशोधन प्रस्ताव पेस गरेकाले त्यसमा सहमति नजुटी मतदान गर्ने अवस्था देखिन्न । अब कांग्रेसको समर्थनबिना संसदमा दुई तिहाइ पुग्दैन । कांग्रेस के निर्णय लिन्छ, त्यसपछि मात्रै संशोधन हुन्छ, हुदैन निक्यौल हुन्छ

१७-जेठ-२०७७ | ०९:०८:४६ am

काठमाडौं । नेपालको राजनीति विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र आर्थिक वर्ष २०७७-७८ का विषयमा केन्द्रित हुनु पर्नेमा अहिले सिमाका विषयमा केन्द्रित भएको छ ।

सरकारले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दै नयाँ नक्सा अनुरुपको निसान छाप बनाउन संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

नेपालको संविधान अनुसार संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक पर्छ । सत्तारुढ दल नेकपासँग दुई तिहाइ मत नभएकाले संशोधन प्रस्ताव पारित गर्न सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई साथ लिनै पर्ने अवस्थामा छ ।

प्रतिपक्षी जनता समाजवादी पार्टीले संविधान संशोधन गर्दा आफूहरुका मागबमोजिम पनि संशोधन गर्नु पर्ने भन्दै शुक्रबार गैह्रसरकारी रुपमा संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।

सो पार्टीले संविधानमा मधेसका मुद्दाले यथेष्ट स्थान नपाएको भन्दै संशोधन गरेर मधेशमा मुद्दा समेट्नु पर्ने बताउदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सरकार उनीहरुको माग संवोधन गरेर संविधान संशोधन गर्न तयार नरहेकाले त्यो माग संविधान संशोधनका लागि पेस भएपनि पारित हुने अवस्था छैन् ।

आफूहरुको माग नसमेटिएपछि निसान छापमा नयाँ नक्सा उल्लेख गर्ने संशोधन प्रस्तावमा जनता समाजवादी पार्टीले मतदान गर्ने सम्भावना कम छ ।

अब सरकार र नेकपाको भरोसा भनेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको मात्रै हो । कांग्रेसले संविधान संशोधनको मुद्दाका विषयमा संस्थागत निर्णय लिनका लागि आज पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो भूमि समेटिएको नक्सा निसान छापमा उल्लेख गर्न सकारात्मक रहेको तर, संस्थागत निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक गर्ने प्रधानमन्त्री ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा बताएका थिए ।

कांग्रेसकै आग्रहमा १४ जेठमा सम्भावित कार्यसूचिमा राखेको संविधान संशोधन प्रस्ताव अन्तिम समयमा कार्यसूचिबाट हटाइएको थियो । त्यसपछि सत्तारुढ र विपक्षी कांग्रेस नेताहरुबीच एक अर्कामा आरोप प्रत्यारोप समेत भएको थियो ।

सत्तारुढ नेकपा सचिवालय बैठक पनि संविधान संशोधन र अमेरिकी सहयोग नियोक (एमसीसी)का विषयमा छलफल गर्न केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । नेकपामा पनि संविधान संशोधनका पक्षमा मतैक्यता छैन् ।

तसर्थ यती महत्वपूर्ण विषयमा निर्णय गर्न स्थायी समिति बैठक बोलाउनु पर्नेमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बोलाएनन् ।

कुबेला ओली नेतृत्वको सरकारले आफू लोकप्रिय भएको देखाउन गरेको नयाँ नक्सा निसान छापमा उल्लेख गर्ने संविधान संशोधन गर्ने प्रस्ताव पारित हुन्छ कि हुँदैन भन्ने कौतुहलता सबैमा छ । त्यो आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्ने निर्णयले निर्धारण गर्नेछ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: