सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

१७-जेठ-२०७७ | १२:२९:५९ pm

 

पीसीआर परीक्षण रिर्पोट आउन बाँकीकाठमाडौं । भारतबाट फर्किएका एक युवकको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिका(११ का ३५ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको हो।

१० दिन अघि भारतको गुजरातबाट आएका उनी दुल्लु नगरपालिका(७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई क्वारेन्टाइनमा राखिएको थियो।

‘शनिबार बिहान चिया खाजा खानुभएको रहेछ, पछि त्यहि ढल्नु भएको हो मेयर भण्डारीले भने।

पीसीआर परीक्षण रिर्पोट आउन बाँकी रहेकोले आएपछि मात्र उनको मृत्यु कोरोनाले होर होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: