सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

संक्रमितको संख्या १४०१ पुग्याे: आज शनिबार थपिए १८९ जना

१७-जेठ-२०७७ | ०५:४२:०६ pm

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको हाे ।

शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन् ।

जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्।

प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन् । जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन् ।

राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन् ।

त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भएका छन्। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भएको छ। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्साका एक पुरुष र एक महिला संक्रमित भएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैजना दैलेखमा रहेको देवकोटाले बताए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको छ। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको हो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: