सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

लकडाउन ३२ जेठसम्म: सेना समेत परिचालन गरिने

१८-जेठ-२०७७ | ०७:१३:१६ am

काठमाडौं । सरकारले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनको मोडालिटी हेरफेर गरेर ३२ जेठसम्म लकडाउनलाई लम्ब्याउने निर्णय भएकाे हाे ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि बसेकाे सुरक्षा परिषद् बैठकले सीमा सुरक्षाबारे छलफल गरेको थियो । सीमा सुरक्षाबारे छलफलमा सीमा क्षेत्रबाट आवत जावत बढ्दा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा.युवराज खतिवडाले बैठकपछि कोरोनाको जोखिम कम नभएको भन्दै भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिनेछ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: