सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

आज संविधान संशोधनको विधेयक संसदमा पेश हुने

१८-जेठ-२०७७ | ०७:१८:०० am

काठमाडौँ- आज संविधान संशोधनको विधेयक प्रतिनिधि सभाको बैठकमा पेश गरिने भएको छ ।

विधान संशोधनको विधेयक बिहान ११ बजे बस्ने बैठकमा पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्।

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-०७८ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: