मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा : चीन

१८-जेठ-२०७७ | ०७:४९:०१ am

काठमाडौं । कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ ।

चीनले बनाएको भ्याक्सिन याे वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको हाे ।

शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले याे दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् ।

सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो ।

त्यसमा लेखिएको छ– यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो ।

कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: