मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

सरकार-लकडाउन बढाएर मात्रै कोरोना भाग्छ ?

प्रधानमन्त्री ओलीले लकडाउन बढाएर आफूले आराम गर्ने बाटो निर्धारण छन्, उनलाई मुलुक र नागरिकका समस्याको बारेमा रत्तिपनि माया छैन

१८-जेठ-२०७७ | ०९:२०:५७ am

काठमाडौं । सरकारले शनिबारमात्रै लकडाउनको समय बढाएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ ।

मुलुकको परिस्थिति, आर्थिक अवस्था, नागरिकको समस्याको विश्लेषण नै नगरी मन्त्रिपरिषद् बैठकले छैंटौँ पटक लकडाउन १२ दिन बढाउने निर्णय गरेको हो । यसअघि २० जेठ अर्थात मंगलबारसम्म लकडाउन लम्याउने निर्णय २ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

जेठ ३२ गतेसम्म गर्दा ८३ दिन लकडाउन हुन्छ । त्यो भनेको एक साता कम तीन महिना हो । नेपालमा गरिबीको जनसंख्या करिब ५० प्रतिशत छ । अर्थात ४० प्रतिशत जनता दिनभर काम गरेर साँझ र बिहान हातमुख जोर्छन ।

ति जनतालाई तीन महिना काम गर्न नपाउँदा के भयो होला ? खोइ सरकारले परिकल्पना गरेको ? सिंहदरबार र बालुवाटारमा बसेर कोरोनाको संक्रमण बढ्यो, लकडाउन बढाउनु पर्छ भनेर हुन्छ ? कसरी र कुन स्थानमा बढेको छ भन्ने आकलन गर्नु पर्दैन ।

अहिले नै कति मान्छे खान नपाएर मरेका समाचार दिनदिनै आएका छन् । परिवारलाई खाने जुटाउन नसकेर आत्महत्या गरेका समाचार पनि सुनिन थालेका छन् । किसानले वर्षभरीको खाने जोहो गर्ने वर्षे खेति गर्ने बेला खाध्यान्न, रासायनिक मल ल्याउन पसल बन्द छन् । यसले अर्को वर्ष उत्पादन घट्ने र भोकमरी आउने अवस्था सृजना भइरहेको छ, लकडाउनका कारण ।

आम नागरिकलाई काम गर्न सरकारी कार्यालय, बैंक, र अन्य आवश्यक सामान जोहो गर्ने कार्यालय बन्द छन् । केहीले काम गरेको पारिश्रमिक पाएका छैनन् । विरामी भएमा उपचार गर्ने अस्पतालले कोरोना बाहेकका अन्य विरामीलाई भर्ना लिदैनन् । ओपिडी सेबा सबै अस्पतालमा बन्द छन् । जसले नागरिकको दैनिकी अस्तव्यस्त बनाएको छ ।

सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राष्ट्रपति, उपराष्ट्रपति र सरकारी निकायका उच्च पदस्थ अधिकारीलाई त मस्ती छ, कसैको गुनासो सुन्न परेको छैन । आफ्नो मनपर्दी गर्न पाइएको छ ।

कोरोना भाइरस पनि विश्वमा हे¥यो भने ठूला र धनी व्यक्तिलाई लागेको छैन । गरिब गुरुवा, खान नपाएका र जीवन गुर्जान एउटै कोठामा १० जनासम्म बस्नेलाई मात्रै लागेको देखिएको छ ।

त्यसको प्रत्यक्ष उदाहरण नेपालको संघीय संसदलाई हेर्‍यो भने पनि पुग्छ । संसदको वर्षे अधिवेशन सुरु भएपछि सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेठ पेस हुदा प्रतिनिधि सभा र राष्ट्रिय सभामा २ हजार बढि मान्छे उपस्थित भएका थिए ।

त्यो सरकारले गरेको २५ जना भन्दा बढि भेला र जम्मा हुन नपाउने निर्णय विपरित थियो । संसदमा दुई हजार बढि मान्छे भित्र हुँदा एउटालाई पनि संक्रमणले भेटाएन । धेरै भेला भएर लाग्ने भए त्यहाँ लाग्थ्यो होला ।

बजेट भाषणमा त्यो भन्दा बढि मान्छे संसद भवनमा छिरेका थिए, कस्लाई लाग्यो त ? कसैलाई पनि लागेन । यसले पनि मान्छे भेला भएर मात्रै कोरोना लाग्दैन, होशियारीपूर्वक काम गर्‍यो भने भन्ने देखाउँछ ।

सत्तामा भएकालाई जनता र मुलुकको माया छैन्, केबल आफू कसरी टिक्ने भन्नेमा मात्रै ध्यान केन्द्रीत गरिरहेका छन् । त्यसको प्रत्यक्ष उदाहरण लकडाउन मात्रै बढाउने तर, परीक्षणको दायरा नबढाउने निर्णयले पुष्टि गर्छ ।

सिटामोलको इस्पेलिङ थाहा नभएको मान्छेलाई प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन् । के गरेर समस्याको न्यूनिकरण र समाधानउन्मुख बनाउन सकिन्छ भन्नेमा ध्यानै दिन सक्दैनन् ।

विश्वमै हेर्ने हो भने पनि गरिब गुरुवा, खान पनाएका, बस्ने स्थान राम्रो नभएकालाई मात्रै अहिलेसम्म विश्वमा यो भाइरसले आक्रमण गरेको देखिएको छ ।

लामो समय भारतबाट हिडेर आएका, नेपालमा आएपछि क्वारेन्टाइनको व्यवस्था राम्रो नभएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

त्यसलाई कोरोना भन्दै लकडाउन बढाएर हुन्छ । रातभर चौरमा सुत्ने, पेटभरी खानु छैन, उनीहरुलाई रोगले च्यापीहाल्छ नि । खान नपाएर, आराम नपाएर रुघा खोकी, ज्वरो आएर मर्नेलाई कोरोनाले मरेको भन्न मिल्छ ?

भाइरस केही होइन, प्रधानमन्त्री र मन्त्रीहरुले आफूहरुलाई आराम गर्ने माध्यम मात्रै लकडाउन बनाएका हुन । उनलाई मुलुक र नागरिकको रत्तिपनि माया छैन । भन्ने यसैले पनि देखाउँछ ।

उनीहरुलाई दुई महिना लामो लकडाउनले गरिखाने नागरिकले पाएको समस्याबारे जानकारी नै छैन् । सिंहदरवार र बालुवाटारको कुर्सीमा एसीमुनी बसेर निर्णय गरेर मात्रै हुँदैन, गाउँगाउँमा बस्ती बस्तीमा हेर्नुस, लाखौ मान्छे खान नपाएर बालबच्चाको प्राण कसरी धान्ने भनेर छट्पटाइरहेका छन् ।

कोरोना संक्रमण बुढापाका हेरचाह नभएका व्यक्तिलाई मात्रै देखिएको छ । ती मध्यपनि बेलैमा उपचार नपाएकाको मात्रै निधन भएको छ ।

यस्तो तथ्य र प्रमाण हुँदाहुँदै पनि किन प्रतिपक्षी कांग्रेस र जनतासँग भिजेर यहाँसम्म आएका प्रचण्ड बोल्दैनन्, यसमा पनि कुनै रहस्य लुकेको त छैन् ? भन्ने आशंका आम नागरिकले गर्न थालिसकेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: