बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

कोरोना ठप्प पार्न सकिन्न-लकडाउन लम्ब्याउनु घातक

१८-जेठ-२०७७ | ०९:३१:३९ am

काठमाडौं ।कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउनको अवधि छोट्याउनुको सट्टा निरन्तर थप्दै लगेको छ ।

लकडाउनले मात्र संक्रमणलाई नियन्त्रण गर्न सक्छ भन्ने मान्यताले फेल खाइसकेको छ । लकडाउन जति लम्बिदै छ, संक्रमितको संख्या त्यति नै थपिएको छ।

जनता आजित र उकुसमुकुस भईसके पनि लकडाउनको विकल्प सरकारले पहिल्याउन नसक्नु कमजोरी हो ।

आमनागरिकमा कोरोनाको डर त छँदैछ,त्यो भन्दा पनि आर्थिक सामाजिक गतिविधिमा परेको बाधाले चिन्ता वढाएको छ । जोखिमको क्षेत्रमा विशेष ध्यान दिएर सुरक्षित विधि अपनाउँदै लकडाउन खोल्नुपर्छ भन्ने आवाज ठूलो हुँदै गएको छ ।

लकडाउनले सबैको काम खोसिएको छ,दिनभर पसिना बगाएर साँझ बिहान छाकटार्नेलाई धेरै समस्या छ । बच्चाहरु स्कुल जान पाएका छैनन्,चौबिसै घण्टा मोबाइल हेरेर बस्दा उनीहरुको दिमागमा नै असर पर्न थालिसक्यो ।

घरभित्र उकुसमुकुस बढ्दोछ । कति त बिरामी हुँदा पनि अस्पताल जान समेत सकेका छैनन् ।त्यसैले अब सरकारले कोरोनामात्र होइन अरु समस्याहरुतिर ध्यान दिनुपर्छ ।

कोरोनालाई ठप्प पार्न सकिदैन भन्ने विश्व स्वास्थ्य संगठनको भनाईलाई मान्ने हो भने पनि अब जनतालाई भेडाबाख्रा जसरी कोठामा थुनेर मात्र उचित हुँदैन ।

सरकारमा रहेकाहरुलाई लकडाउनको कुनै असहज अनुभूति गर्न परेको छैन। भाषणमा खान नपाएर कोही मर्दैन भन्ने केन्द्रीय सरकार रहेकै काठमाडौंमा खान नपाएर सडकै भरिया मर्नुपरेको छ । बाहिरी जिल्लाबाट पनि यस्तै दुखद खबरहरु आईरहेका छन् । राहत पनि नदिने काम गर्न पनि नदिएर घरभित्रै थुनिराख्ने पनि हुन्छ रु

लकडाउनले संक्रमण फैलन रोकिन्छ भन्ने मनसाय छोडिदिनुपर्छ,यो रोकिदैन ।सुरुवाती चरणमा नियन्त्रण गर्न लकडाउन आवश्यक थियो ।यो दीर्घकालीन निदान होइन ।अब हामी पनि रुघाखोकी झै कोरोनाबीचमै बाच्न सिक्नुपर्छ ।

भारत,पाकिस्तान,श्रीलंका जस्तै लकडाउनको स्वरुप फेर्नुपर्छ । मास्क र व्यक्तिगत दूरी कायम राख्दै कलकारखाना,उद्योग खोलिहाल्नुपर्छ भन्ने आम मानिसको धारणा रहेको छ ।

लबडाउन देखि नै बन्द रहेका विमान कम्पनीहरु दैनिक करोडौंको घाटामा छन् । दुई महिना भन्दा बढी समय थन्किएका ती सबै विमानको मर्मत गर्नु पर्ने अवस्था भएको छ । एक पटक विमानको सर्भिसिङ गर्नलाई लाखौ रुपियाँ लाग्दछ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: