बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

लकडाउनको कहर: प्रचण्डज्यू गाउँ र गाउँलेको अवस्था विर्सनु भयो ?

१८-जेठ-२०७७ | १०:२६:१६ am

काठमाडौं । नेपालमा लगभग आधा जनसंख्या गरिबीको चपेटामा छ । अर्थात उनीहरुले दिनभर काम गरेर मात्रै साँझ बिहान हातमुख जोर्छन ।

नागरिकको त्यो अवस्था अहिलेको सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले राम्रोसँग बुझेका छन् । किनकि उनी मुलुकको शासन व्यवस्था बदल्न भनेर १० वर्षे जनयुद्धमा होमिएका थिए । जनयुद्धका क्रममा उनी गाउँगाउँमा बस्ती बस्तीमा र जंगलमा समेत कैयौं दिन कटाएका थिए ।

प्रचण्ड गरिब र जनताको रगतको भरमा यहाँसम्म पुगेको नेता हुन । गाउँगाउँमा रहेका समस्या के के हुन, बस्तीबस्तीका नागरिकको समस्या के हो बुझेका छन् ।

तर, उनले पनि लकडाउनको समय बढाएर ८३ दिन पुर्‍याउँदासम्म आम नागरिक र गरिखाने बर्गलाई समस्या हुन्छ भनेर चुइक्क बोलेका छैनन् । यसको कारण के हो, रहस्यमय छ ।

कि १३ वर्ष जनयुद्ध त्यागेर संसदीय राजनीतिमा आएको पुग्दानपुग्दै जंगलमा विताएका दिन, बिहान, साँझ हात मुख जोर्न गरिखाने बर्गलाई कति दुःख छ, त्यो प्रचण्डले बिर्सिसके ?

छोटो समयमै नागरिकका दुःख विर्सिनु भएन । प्रचण्डले मुलुक र जनताका लागि गर्नु पर्ने धेरै छ । र, गर्ने प्रयास पनि गरिरहेका छन् । यस्तो अवस्था सरकारले ल्याउँदा र आफू पनि सत्तारुढ दलको अध्यक्ष भएकाले केही त बोल्नै पर्छ ।

प्रचण्ड नेकपाको अध्यक्षसम्म पुग्न त्याग र बलिदानी दिने सहर बजारका नेता कार्यकर्ता होइनन्, गाउँगाउँका बस्ती बस्तीका गरिबीले थिचिएका र न्याय नपाएका जनता हुन, त्यो विर्सिएमा यहाँबाट माथि पुग्ने तपाईको बाटोमा तिनै नागरिक तगारो बन्न सक्छन, बुद्धि पुर्‍याउन आवश्यक छ । बेला यही हो ।

जनताले आफूलाई अफ्टेरो परेको बेला कुन नेताले के गर्छन, त्यो हेरेर बसेका हुन्छन । र, त्यही अनुरुप निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छन, ख्याल गर्न अवश्यक बेला यो हो ।

तसर्थ लकडाउन बढाउने विषयमा बोल्न पर्‍यो । जनतालाई म तपाइको साथमा छु भन्ने सन्देश दिन सक्नुपर्‍यो ।

गाउँगाउँमा बस्ती बस्तीमा विताएको व्यक्तिले दुई महिनासम्म ति नागरिक कसरी बाचेका होलान भन्नेमा परिकल्पना त गर्नैपर्छ । अहिले सुरक्षा निकायका गाडी अगाडी पछाडी लगाएर, नेताहरुका मात्रै कुरा सुनेर मात्रै हुन्छ । आम नागरिकको जिविकाको विषयमा बोल्न पर्दैन ?

तसर्थ बेलैमा नागरिकको समस्याका बारेमा बोलेर, उनीहरुको समस्यामा मल्हम लगाउने काममा ध्यान दिनु उपयुक्त होला ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: