“म बाबुराम भट्टराई ‘कामी’ लेख्न तयार छु”

काठमाडौं- जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्नुपर्ने प्रस्ताव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् ।
आइतवार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने उनले बताए ।
‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले सोधे, ‘बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं ।
म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्न तयार छु। सबैले थर एकै लेखौं ।’
उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए ।
‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ ।
एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’