सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे

१८-जेठ-२०७७ | ०५:०१:४० pm

काठमाडौं- आइतवार नेपालका विभिन्‍न ल्याबबाट आएको नतिजा अनुसार १६६ जना नयाँ संक्रमित थपिएका छन् ।

याेसँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतवार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट गरिएकाे परिक्षणमा १६२ पुरुष र ४ जना महिला संक्रमित थपिएका छन् ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण पाइएको छ । जसमा तनहुँका एकजना र स्याङ्जाका दुईजना रहेका छन्। नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साकै ५ जना संक्रमित भेटिएका छन् ।

उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा कालिकोटको शुभमालिका गाउँपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी कालिकोटकै महावैका ६ जना संक्रमित थपिएका छन् ।

जुम्लामै गरिएको परीक्षणमा दैलेखका ५ जना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना संक्रमित भेटिएका छन्। जसमा सल्यानका २५ जना र सुर्खेत बराह तालका एकजना रहेका छन् ।

धुलिखेलको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना पोजेटिभ भेटिएका छन्। जसमा बाँके नरैनापुरका २ जना, खजुराका १ जना, नेपालगञ्जका ४ जना र बाँकै बैजनाथपुरका १ जनासहित छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै सप्तरी राजगढका रहेका छन्। सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन्। जसमा बाजुरा अस्पतालमा ज्यान गुमाएकी २ वर्षीया बालिका र उनकी आमा पनि छन् ।

कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चारजना र विराटगरकी एकजना महिलामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परीक्षणमा धनुषाको मुखियापट्टीका २१ जनामा संक्रमित भेटिएका छन् ।

कपिलवस्तु महाराजगञ्जका ४ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै रौतहतका २९ जना र सर्लाहीका १० नयाँ संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: