असार १ गतेबाट पठनपाठन सुरु गराउन शिक्षा मन्त्रालयकाे आह्वान

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै असार १ गतेबाट पठनपाठन सुरु गराउन आह्वान गरेको छ । मन्त्रालयले सबै औपचारिक शैक्षिकक्षेत्रलाई पठन पाठन सुचारु गर्न आह्वान गरेको हो।
शैक्षिक क्षतिलाई न्युनीकरण गर्न जरुरी रहेको भन्दै शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै विद्यालयहरु पुनः सुचारु गर्न निर्णय गरेका हुन्।
लकडाउनका कारण लामो समयसम्म प्रभावित भएको सुचारु गर्न मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ ।
बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको मन्त्रालयले जनाएको छ ।
नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।