Welcome news
१९-जेठ-२०७७ | ०८:५७:११ am
राष्ट्रपति कार्यालयमा १ करोडको नयाँ गलैँचा

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ ।
राष्ट्रपति कार्यालयमा दुईवटा ठूला हलका लागि करिब ३०–३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।
राष्ट्रपति कार्यालयको ती भवनहरु तीन वर्षअगाडि निर्माण गरिएको हो ।
राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ ।
राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ ।
नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागेको हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले दिएको छ।
कम्पनीले सरकारले जारी गेरको लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ ।
[bsa_pro_ad_space id=16]