मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

३ महिनामा आत्महत्या गर्ने सङ्ख्या बढ्दो : ९ सय ८२ जनाले आत्महत्या गरे

१९-जेठ-२०७७ | १०:१४:०७ am

काठमाडौं –नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गत चैत्रमा ११ गतेदेखि जारी गरेको थियो ।

कोरोना भाईरसको महामारी र लकडाउनका कारण पछिल्लो २ महिनामा आत्महत्याको दर ह्वात्तै बढेको छ ।

गत चैत्रमा ११ गते भएदेखि जेठ १० गतेसम्म ९८२ जनाले आत्महत्या गरेका तथ्याङकले देखाएको छ।

अघिल्लो वर्ष हरेक महिना ४ सय ७९ को मृत्युभएको तत्यांकले देखाएपनि लकडाउनको अवधिमा भने यो तथ्यांक ह्वात्तै बढेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई महिनामा काठमाडौँ उपत्यकामा ४६ जनाले आत्महत्या गरेका थिए ।

त्यसैगरी प्रदेश १ मा १ सय ६६, २ मा १ सय ३३, बाग्मतीमा १ सय ४२, गण्डकीमा १ सय १९, ५ मा २ सय २५, कर्णाली प्रदेशमा ५४ र ७ नम्बर प्रदेशमा सय जनाले आत्महत्या गरेका छन् ।

गत माघमा आत्महत्या गर्नेको संख्या ३ सय ६८ रहेको थियो भने फागुनमा ३ सय १५ थियो ।

सरकारले जारी गरेको लामो लकडाउनका कारण मानिसहरुको ब्यापार व्यवसाय घाँटा हुनेदेखि बाँच्न समेत गाह्रो हुने अवस्था देखिदाँ मानसिक समस्याका कारणले आत्महत्या गर्ने गरेको विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: