अश्वेत नागरिक हत्या प्रकरणः अमेरिकाका ४० शहरमा कर्फ्यु

एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिको हत्यापछि हिंसा भड्कीएको छ ।
अश्वेत नागरिक जर्ज फलयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ ।
फ्लयडको मृत्युपछि मिनोपोलिसबाट सुरु भएको प्रदर्शन अमेरिकाका थुप्रै शहरहरुमा फैलिएको छ । अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस अगाडी पनि प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन ।
तनावपूर्ण अवस्थाका कारण राष्ट्रपति ट्रम्प ह्वाईट हाउसबाट बाहिरिने र भित्रिंने क्रममा भूमिगत बंकरको बाटो प्रयोग गर्नुपरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन । स्थिति नियन्त्रणमा लिन प्रशासनले वाशिंगटनसहित विभिन्न ४० शहरमा कफ्र्यु आदेश जारी गरेको छ ।
त्यस्तै ईंडियानापोलिसमा प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु हुँदा स्थिति झनै हिंस्रक बनेको छ । स्थिति नियन्त्रणमा लिन विभिन्न १५ राज्यमा ५ हजार नेशनल सेक्युरिटी गार्ड तैनाथ गरिएको छ ।वासिंगट डिसीमा मात्रै २ हजार गार्ड तैनाथ गर्ने तयारी भएको छ ।
प्रर्दशनकारी र प्रहरीबीचको भिडन्तमा १३ जना प्रहरी घाईते भएका छन । प्रहरीले अहिलेसम्म विभिन्न १७ वटा शहरहरुबाट १४ सय भन्दा बढी प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ भने थुप्रै घाइते भएका छन ।
अश्वेत नागरिकको हत्या, प्रहरी दमन र हिंसात्मक बन्दै गैरहेको प्रर्दशनको डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपति पदका सम्भावित उमेद्वार जो विडेनले निन्दा गरेका छन ।त्यस्तै चर्चित गायिका टेलर स्विफ्टले अश्वेत नागरिक हत्याको विरोध गर्दै राष्ट्रपति ट्रम्पलाई लक्षित गरि ट्वीट गरेकी छिन ।
२० लाख भन्दा बढी लाईक पाएको टेलरको ट्वीटमा आगामी नोभेम्बरमा हुने निर्वाचनमा भोट आउट गर्ने चेतावनी दिईएको छ ।अमेरिकी अश्वेत नागरिक जर्ज फ्लयडको प्रहरीद्वारा हत्या गरिएको भिडियो भाइरल भएपछि सर्वसाधारणमा आक्रोशत फैलिएको छ ।
भाईरल बनेको भिडियोमा एक प्रहरी अधिकारीले घुँडाले फ्लयडको घाँटी अँठ्याएका छन । यातना दिने क्रममा फ्लयडको सास विस्तारै विस्तारै रोकिएर मृत्यु भएको दृष्य देखाइएको छ ।