लकडाउन खुकुलो बनाइँदै :निजी सवारी चल्न दिइने

काठमाडौं–नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ ।
अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरेको बताइएको छ ।
नयाँ मोडालिटी अनुसार निश्चित समय तोकेर निश्चित व्यक्ति लागी निजी सवारी साधन चल्न दिइने जसमा दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको बताइएको छ ।
यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन ।
यो नियम कोरोनाको संक्रमण कम फैलिएका ठाँउमा मात्र लागु गर्न दिइने बताइएको छ ।
हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक नपाइने बताइएको छ ।
मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् ।
त्यस्तै भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइने बताइएको छ ।