Welcome news
१९-जेठ-२०७७ | ११:५७:३१ am
कर्णाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाई सुर्खेत क्वारेन्टिनमा व्यवस्थापन गर्ने र उनीहरुलाई सम्बन्धित जिल्ला प्रवेश गर्न नदिई यार्सा संकलन र विद्यालय सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय सरकारले गरेको छ ।
[bsa_pro_ad_space id=16]