Welcome news
१९-जेठ-२०७७ | १२:५३:०५ pm
सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु २१ जना घाइते

बाँके, १९ जेठ
राप्ती सोनारी गाउँपालिका-२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको भरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सल्यानतर्फ जाँदै गरेको सो गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
[bsa_pro_ad_space id=16]