Welcome news
१९-जेठ-२०७७ | ०१:०९:११ pm
डुबेर मृत्यु

सिरहा १९ जेठ
कर्जन्हा नगरपालिका-४ भुल्के बस्ने शम्भु बि.क.को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ वर्षीय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
खेतमा ट्याक्टरले माटो खनेको खाल्टोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[bsa_pro_ad_space id=16]