Welcome news
१९-जेठ-२०७७ | ०१:१५:४५ pm
खोलामा आएको बाढीले बगाई २ जना बेपत्ता

कैलाली, १९ जेठ
चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् ।
पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका उनीहरुलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
[bsa_pro_ad_space id=16]