बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

भैरहवाको भीम अस्पतालबाट २५ जना डिस्चारज

१९-जेठ-२०७७ | ०१:४१:१६ pm

 

१९ जेठ, बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् ।

डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना भारतीय नागरिक एकजना नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका

मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: