बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
Welcome news

ठूलाबडाको सम्पत्ति व्यवस्थापन गर्न थपिएको त होइन लकडाउन

१९-जेठ-२०७७ | ०२:४१:२१ pm

काठमाडौं । सोमबार कोरोना भाइरसबाट बच्न भन्दै सरकारले मुलुकलाई लकडाउनमा राखेको ७० औ दिन भएको छ ।

अब लकडाउन खोलेर नागरिक र मुलुकलाई पुरानै अवस्थामा फकर्ने वातावरण निर्माण गर्नु पर्नेमा सरकारले पुनः २१ गतेबाट लकडाउन बढाएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ ।

यसअघि २० गतेसम्म लकडाउनको निर्णय गरिएकोमा १७ जेठमा बसेको मन्त्रिपरिषद्ले ३२ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

लकडाउनले गरिखानेलाई सास्ती बनाएको छ । उनीहरुलाई बिहान साँझ हातमुख जोर्न गाह्रो भएको छ ।

कतै त परिवारलाई खाना जुटाउन नसकेर आत्महत्या गरेका समाचार पनि बाहिर आउन थालिसकेका छन् । तर, ठूलाबडाले भने लकडाउनमा ऐस गरिरहेका छन् ।

उनीहरुलाई अनियमितता गरेर कमाएको रकम व्यवस्थापन गर्नका लागि समय मिलाइदिएको छ, लकडाउनले ।

प्रधानमन्त्री, मन्त्रीहरु, सत्तारुढ दलका नेताहरु संवैधानिक निकायका प्रमुख, न्यायपालिका, कार्यपालिका, व्यपस्थापिकामा बसेर अनियमितता गरेकाहरुले आफूले यसअघि कमाएको सम्पत्ति व्यवस्थापन गर्न यो समय उपयोग गरिरहेका छन् ।

उनीहरुमात्रै होइन सरकारी उच्च पदस्थ अधिकारीहरु मुख्यसचिव, सचिव र सहसचिवबहरु तथा कमाउ अड्डामा रहेका उपसचिवसमेतले पनि लकडाउनलाई आफ्नो सम्पत्ति व्यवस्थापन गर्ने समयको रुपमा उपयोग गरिरहेका छन् ।

अलिअलि डर लाग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि लकडाउन भन्दै कानमा तेल हालेर बसेकाले उनीहरुलाई सम्पत्ति व्यवस्थापन गर्न सहज भएको निकटस्थहरु बताउँछन् ।

ठूला ठूला उद्योग र कम्पनीका मालिकलाई पनि लकडाउन फापेकै छ । पैसा भएकाहरु अहिलेसम्म कमाएर व्यवस्थापन गर्न नपाएको रकम कसरी व्यवस्थापन गर्ने, कहाँ लुकाएर राख्ने भन्नेमा ध्यान केन्द्रित गर्दै, त्यसैअनुरुप काम गर्न व्यस्त छन् ।

कतै यसकै लागि सरकारले कोरोना भाइरससँग जुध्ने अन्य रणनीति अख्तियार नगरेर लकडाउन मात्रै बढाएको त होइन भन्ने प्रश्न आम नागरिकमा उव्जाएको छ ।

यदी नेता र कर्मचारीले अनियमितता गरेर कमाएको पैसा व्यवस्थापनका लागि लकडाउन गरिएको हो भने उनीहरुलाई पक्कै पनि सराप लाग्छ ।

ती गरिब गुरुवा, ती खान नपाएर ज्यान गुमाउन बाध्य हुनेहरु र आफ्ना परिवार र सन्ततीका लागि खानाको जोहो गर्न भौतारिनेहरुको सरापले उनीहरुलाई पक्कै पनि राम्रो हुनेछैन ।

सर्वसाधारणका लागि आफूले जम्मा गरेको पैसा निकाल्नका लागि पनि बैंक खुल्दैनन् । तर, ठूलाबडाले भने पावरको भरमा कर्नरबाट खोजेर पैसा जम्मा गर्ने र निकाल्ने गरेकै छन् ।

अख्तियार लकडाउनले निधाएकाले कुनै पनि डरबिना आफ्नो सम्पत्तिको व्यवस्थापन गरिरहेका छन् ।

यदि कोरोनालाई न्यूनिकरण र निर्मूल पार्नका लागि गरिएको हो भने त परिक्षणको मात्र बढाउने, क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्ने कार्य सरकारले गर्नु पथ्यो । तर, त्यो कार्य सरकारले गम्भिरतापूर्वक गरिरहेको छैन ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: